तुलसीपुरमा अस्पताल व्यवस्थापन सुदृढीकरण गोष्ठी

तुलसीपुर, २९ असोज / अस्पताल व्यवस्वथापन सुदृढीकरण तथा न्युनतमा सेवा मापदण्ड अनुगमण मुल्याङ्कन समिक्षा गोष्ठी तुलसीपुरमा सम्पन्न भएको छ । राप्ती प्रादेशिक अस्पताल विकास समितिका अध्यक्ष पदम प्रसाद न्यौपानेको अध्यक्षता एव्म दाङका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यको प्रमुख आथित्यमा कार्यक्रम भएको थियो ।

गोष्ठिमा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका मेडिकल सुपरिटेन्डेन्ट डा. सर्वेश शर्माले अस्पतालको भौतिक अवस्था, जनशक्ति, उपकरण तथा वितेको आर्थिक बर्षमा सेवा लिनेको विषयमा जानकारी गराउनुका साथै अस्पताल संचालनमा देखिएका चुनौति र समस्याका बारेमा पनि प्रकाश पारेका थिए ।

सो अवसरमा एमएसएस कार्यान्वयनका विषयमा कर्णाली प्रदेश संयोजक जनार्दन पाठकले संचालनमा रहेका अस्पताले गरेका कामको विषयमा जानकारी गराएका थिए भने डा. अनुजराज कार्कीले राप्ती प्रादेशिक अस्पतालले दिएको सेवा सुविधा र सुधार गर्नुपर्ने पक्षका विषयमा सुझाव दिएका थिए ।
स्वास्थ्य निर्देशनालय प्रदेश पाँचको आयोजनामा भएको गोष्ठिमा राप्ती प्रादेशिक अस्पतलामा कार्यरत चिकित्सक, नर्स तथा कर्मचारीको सहभागिता रहेको थियो । अस्पतालको सेवालाई थप गुणस्तरीय र प्रभावकारी बनाउन देशैभरका अस्पतालमा पुगेर व्यवस्थापन सुदृढिकरणमा जोड दिएको आयोजकले बताएको छ ।

प्रकाशित मिति : २०७७ असोज २९ गते बिहिवार
प्रतिक्रिया