जिल्ला समन्वय समिति पाँच दिनको लागी सिल

दाङ, २८ असोज । जिल्ला समन्वय समिति दाङको कार्यालयमा कार्यरत एक जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । कर्मचारीमा कोरोना देखीए पछि कार्यालय पाँच दिनका लागी सिल गरिएको छ । जिल्ला समन्वय अधिकारी सावित्रा पुन थापाले बुधवार एक सुचना जारी गदै अति आबश्यक सेवा बाहेक अन्य सवै सेवा आगामी कात्तिक ३ गते सम्मका लागी स्थगित गरिएको जानकारी दिईएको छ ।

प्रकाशित मिति : २०७७ असोज २८ गते बुधवार
प्रतिक्रिया