सरकार देखाउ इच्छा, खैत महिलाको सुरक्षा ?

तुलसीपुर, २६ असोज / देशका विभिन्न भागमा बालिकाको बलात्कारपछि हत्याका घटना बढ्नथालेपछि त्यसका विरुद्ध तुलसीपुरमा विरोध प्रर्दशन गरिएको छ । तुलसीपुरको बीपी चोकमा  स्वतस्फूर्त जम्मा भएका युवायुवतिले घटनमा संलग्न दोषीलाई हदैसम्मको कारबाही गर्नुपर्ने भन्दै विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेर मौन प्रर्दशन गरेका हुन ।

हिजो निर्मला आज सम्झना, भोली हजुरको कोही…….., सरकार चुप कहिले सम्म ?, मौन बसेको सरकार किन बढ्दै छ बलात्कार ? सरकार कहाँ चक्दैछ बलात्कारीसंग झुक्दै छ, सरकार देखाउ इच्छा खैत महिलाको सुरक्षा ? लगाएतका नारा लेखिएका प्लेकार्ड बोकेका युवायुवतिले विहान ८ बजेदेखि १० बजेसम्म प्रर्दशन गरेका हुन् ।

१६ बर्ष मूनिका बालिकाको बलात्कारपछि हत्या गर्ने अपराधीलाई मृत्युदण्ड दिने कानुन बनाउनुपर्ने संघिय संसदमा महिला सांसदले माग गरिरहदा देशका विभिनन भागमा पनि महिला अधिकारकर्मी , विभिन्न संघसंगठन र युवायुवतीले प्रर्दशनर्ला तिब्र पारेका ह्न ।

 

प्रकाशित मिति : २०७७ असोज २६ गते सोमवार
प्रतिक्रिया