दशै तिहार अघि नै विद्युत समस्या समाधान गर्ने तयारी छ : प्राधिकरण

तुलसीपुर क्षेत्रका १५ स्थानमा डिसकनेक्टिङ लाईन

फाईल फोटो

तुलसीपुर २६ असोज । तुलसीपुर उपमहानगर क्षेत्रमा पछिल्नो समय विद्युत समस्या समाधान सुधारोन्मुख हुदै गएको छ । विगत केहि समय अघि तुलसीपुर क्षेत्रमा विद्युत अनियमित तरिकाले झ्याप्प झ्याप्प बत्ती जादा उपभोक्ताहरुले हैरानी खेप्नु परेको थियो ।तर अहिले मौसममा पनि सुधार भएको र आफुहरुले सुधारका गतिविधि सन्चालन गरेकाले हाल पछिल्नो समय विद्युत सेवा नियमित भएको नेपाल विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्रका प्रमुख जगन्नाथ लामीछानेले बताएका छन् ।

यस अघि बर्षातको समय हुदा विद्युतियकरण प्रणालीमा समस्या आउने भएकाले पनि विद्युत अनियमित हुने गरेको बताउदै उनले अहिले सुधारोन्मुख रहेको बताएका छन् । मौसम सुधार हुदै गईरहेको अवस्थामा आफुहरुले पनि सुधारका थुप्रै प्रयासका गरेकाले अहिले विद्युत सेवा नियमित भईरहेको उनले बताएका छन् ।उनले अहिले विशेषगरी बजार क्षेत्रलाई मध्येनजर गदै पोलिङ कार्यहरु भईरहेको राप्ती समाचारलाई जानकारी दिएका छन् ।

त्यस्तैगरी छुट्टै फिडर मार्फत बजार क्षेत्रलाई मात्र समेट्ने गरी विद्युत विस्तार गर्न लागीएको छ । उनका अनुसार अहिले पनि बुस कटिङ गरेर रुखका हाङगा काट्ने कार्यलाई तिव्रता दिईएको छ । साथै शहर र ग्रामिण भेग संग जोडिएको फिडर लाईन अन्र्तगत डिस्कनेक्टिङ स्वीच राख्ने पनि गरिएको उनले बताएका छन् । चाडपर्वलाई मध्येनजर गदै दशै तिहार अघि नै विद्युतमा देखीएका समस्या समाधानका सम्पुर्ण सुधारका काम गरि सक्ने गरेर काम भईरहेको उनको भनाई छ ।

विद्युत उत्पादन देखी प्रशारण लाईन हुदै विद्युत वितरण ठाउँ सम्म पुग्दा लामो दुरी हुने उनले बताएका छन् । यसरी लामो दुरी सम्म विद्युत विरण गर्ने शिलशिलामा जुनसुकै ठाउँमा पनि समस्या आउदा र मर्मत सम्भार कार्य गर्दा विद्युत सेवा अवरुद्ध हुने उनले बताएका छन् ।
धेरैजसो ठाउँमा समस्या आउदा पनि बन्द हुने र मर्मत कार्य गर्ने क्रममा समेत विद्युत बन्द गर्नुपर्ने भएकाले लामो समय सम्म बिद्युत अवरुद्ध हुने केन्द्र प्रमुख लामीछाने बताएका छन् । कहिले काँही राष्ट्रिय प्रशारण लाईन समेत समस्या हुदा देशभर वा कुनै सिमित क्षेत्रमा विद्युत सेवा अवरुद्ध हुन सक्ने उनको भनाई छ । उनका अनुसार समस्या हुदा वा मर्मत सम्भार कार्य गर्दा पनि विद्युत लाईन काट्नु पर्ने अवस्था आउने भएकाले एक ठाउँ समस्या हुदा अन्य ठाउँमा यसको असर पर्ने उनले बताएका छन् । त्यसकारण अहिले आफुहरुले जहाँ सस्या हुन्छ त्यहि मात्रै विद्युत बन्द हुने गरी काम गरीरहेको उनले बताएका छन् ।
तुलसीपुर क्षेत्रका १५ स्थानमा डिस कनेक्टिङ
तुलसीपुर वितरण केन्द्रको एउटै शवस्टेशन मार्फत विद्युत प्रशारण लाईन वितरण भएकाले बारम्बार समस्या आउने गरेको छ । कुनै एक ठाउँ समस्या आएको अवस्थामा अन्य ठाउँमा पनि विद्युत बन्द गर्नुपर्ने बाध्यता छ । लामो दुरीको लाईन कनेक्टिङ हुदा कहिले काँही विद्युतियकरणमा कहाँ समस्या आयो भन्ने फल्ट पहिचान गर्न समेत समस्या हुने गरेको छ । तर आगामी दिनमा त्यसो नहोस भन्नका लागी विभिन्न स्थानमा डिसकनेक्टिङ स्वीच राखीएको छ । जसले गर्दा एक ठाउँमा समस्या आयो भने अनेत्र डिस्ट्रप नहोस् भन्नका लागी यस्तो विकल्प अपनाईएको छ ।

जसमा तुलसीपुर वितरण केन्द्रको परिसर भित्र दुई स्थानमा , घोराहीरोड, ग लाईन, रजौरा गणपति मिल नजिक, बन्गै, बखरिया, बसपार्क, पुकार पसल नजिक, जनवाहर चोक, कृष्ण मन्दिर, ग्वारखोला, गाईडहर, रजेनी र सरुवाडाँडाँमा डिसकनेक्टिङ स्वीच राखीएको छ । यसले विगतको जस्तो एक ठाउँमा समस्या हुदा अर्को ठाउँमा बत्ती जाने समस्या हल हुने तुलसीपुर वितरण केन्द्रका प्रशासकिय प्रमुख युवराज विष्टले जानकारी दिएका छन् ।उनका अनुसार विगतमा यस्तो सिस्टम नहुदा प्राविधिकहरुलाई धेरै समस्या हुने गरेको थियो ।

प्रकाशित मिति : २०७७ असोज २६ गते सोमवार
प्रतिक्रिया