
तुलसीपुर, २५ असोज । लागु औषध (ब्राउन सुगर) मुद्धामा फरार एक अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ७ राजापुर बस्ने २६ बर्षिय सुमन नेपाली रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
उनी विरुद्ध लागु औषध मुद्धामा जिल्ला अदालतले २०७६ असार २२ गते दोषी ठहर गदै ७ महिना २४ दिन कैद र २० हजार रुपैया जरिवाना फैसला गरेको थियो । पक्राउ परेका नेपालीलाई आबश्यक कारवाहीका लागी आईतवार अदालत पेश गरी कारागार चलान गरिएको प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मिति : २०७७ असोज २५ गते आइतवार