कोरोना अस्पताल बेलझुण्डीमा एक महिलाको मृत्यु

तुलसीपुर, २४ असोज / दाङको कोरोना विशेष अस्पताल बेलझुण्डीमा पहिलो पटक कोरोना संक्रमितको मृत्यु भएको छ । रुपन्देहीको तिलोतमा नगरपालिका–३ निबासी ६६ बर्षकी कोरोना संक्रिमत महिलाको उपचारको क्रममा आज बिहान ८ बजे मृत्यु भएको अस्पतालका व्यवस्थापक दोर्ण वलीले जानकारी दिनुभयो ।

रुपन्देहीको प्रादेशिक र धागो अस्पतलामा आईसीयु बेड नभएपछि उनलाई थप उपचारका लागि गएराति साढे १० बजे बेलझुण्डी ल्याइएको थियो । उनलाई असोज २२ गते रुपन्देहीको प्रादेशिक अस्पतालमा भर्ना गरीएको थियो । मृतक कोरोना संक्रमित महिलाको शव व्यवस्थापन नेपाली सेनाले गरेको छ ।

कोरोना पोजेटिम देखिएपछि उपचारका लागि बेलझुण्डीमा आएका ५ सय ५ जना मध्य ४ सय ९५ जना उपचारपछि घर फर्किसकेको,एक जनाको मृत्यु भएको र ९ जनाको अहिले पनि कोरोना विशेष अस्पताल बेलझुण्डीमा उपचार भइरहेको छ । जसमध्य २ जनाको आईसीयुमा र ७ जनाको जनरल वार्डमा उपचार भइरहेको व्यवस्थापक वलीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७७ असोज २४ गते शनिवार
प्रतिक्रिया