ईलाका प्रहरी कार्यालय तुलसीपुरमा पस्यो कोरोना

तुलसीपुर, २३ असोज / ईलाका प्रहरी कार्यालय तुलसीपुरमा कार्यरत एक प्रहरी जवानमा कोरोना पोजेटिभ देखिएकोछ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको पिसीआर परीक्षणमा प्रहरी जवानलाई कोरोना पोजेटिभ देखिएको डिएसपी शिव बहादुर सिंहले जानकारी दिए ।

कोरोना पोजिट देखिएका प्रहरी जवानलाई बेलझुण्डी पठाइएको छ । ईलाका प्रहरी कार्यालयमा कार्यरत दुई जना प्रहरी जवानको हिजो स्वाब संकलन गरिएको थियो । त्यसैगरी हेकुली प्रहरी चौंकीमा कार्यरत प्रहरी जवानमा पनि कोरोना पोजेटिभ देखिएको छ ।

प्रकाशित मिति : २०७७ असोज २३ गते शुक्रवार
प्रतिक्रिया