परस्त्रीको कोठामा पुगेपछि ३ नम्बर वडाध्यक्ष पक्राउ

३ नम्बर वडाध्यक्ष पक्राउ परेका छन् । पक्राउ पर्नेमा ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–३ का वडाध्यक्ष मेडल राई रहेको प्रहरीले जनाएको छ ।

मध्यरातमा रक्सीले मातेर स्थानीय महिलाको ओछ्यानमा पुगेपछि वडाध्यक्ष राईलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख डीएसपी रुपेश खड्काले जानकारी दिए ।

१३ नम्बर वडाध्यक्ष न्यौपानेको निधन

वडाध्यक्ष राईले रक्सीको नशामा स्थानीय महिलाको घरमा पुगेर बलात्कारको प्रयास गरेको डीएसपी खड्काले बताए । बलात्कारको प्रयास गरेपछि राईविरुद्ध पीडित महिलाले प्रहरीमा पुगेर लिखित रूपमै उजुरी दिएपछि पक्राउ गरेका हुन् । जिल्ला अदालत ओखलढुंगाबाट ५ दिनको म्याद थप गरेर वडाध्यक्ष माथि अनुसन्धान भइरहेको डिएसपी खड्काले बताए ।

प्रकाशित मिति : २०७७ असोज २३ गते शुक्रवार
प्रतिक्रिया