१३ नम्बर वडाध्यक्ष न्यौपानेको निधन

तुलसीपुर, २३ असोज / तुलसीपुर उपमहानगरपालिका–१३ का वडाध्यक्ष डम्बर न्यौपानेको निधन भएको छ ।

टाइडफाईड र निमोनियाका कारण केहि दिनदेखि बिरामी भएका अध्यक्ष न्यौपानेको आज साढे १० बजे ६५ बर्षको उमेरमा निधन भएको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरले जानकारी दिएको छ ।

 बिरामी भएका वडाध्यक्ष न्यौपानेलाई उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमै निधन भएको हो । २०७४ मा नेपाली कांग्रेसबाट टिकट पाएका न्यौपाने तुलसीपुर उपमहानगरपालिका–१३ नम्बर वडाबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।

प्रकाशित मिति : २०७७ असोज २३ गते शुक्रवार
प्रतिक्रिया