तुलसीपुरका नगरप्रमुख पाण्डे र स्वकिय सचिवलाई कोरोना पुष्टि, उपमहानगरपालिका सिल गर्ने तयारी

तुलसीपुर, २२ असोज । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डे सहित तुलसीपुरका २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको कोरोना परिक्षणमा नगर प्रमुख पाण्डे, उनका स्वकिय सचिव धर्मराज वली लगाएत २१ जनामा कोरोना संक्रमण पुष्टि भएको कोभिड १९ फोकल पर्सन विमल केसीले जानकारी दिएका छन् ।

अन्यको विवरण आउन बाँकी रहेको छ । साथै नगरप्रमुख र स्वकिय सचिवलाई कोरोना संक्रमण पुष्टि भएपछि उपमहानगरपालिका कार्यालयलाई सिल गर्ने तयारी गरिएको छ ।

प्रकाशित मिति : २०७७ असोज २२ गते बिहिवार
प्रतिक्रिया