असोज ३० गते सम्म थप विद्युत महसुलमा छुट

तुलसीपुर, २१ असोज । नेपाल विद्युत प्राधिकरणले कोरोना माहामारीलाई मध्येनजर गदै उपभोक्तालाई विद्युत महसुलमा छुटको व्यवस्था गरेको छ । सोहि अनुरुप उपभोक्ताहरुले असोज २२ गते सम्म विद्युत महसुल बुझाएमा थप शुल्न नलाग्ने भएको छ । कोरोना माहामारीका कारण नियमित विद्युत महसुल बझाउन वा मिटररिडिङ हुन नसकेको भन्दै भदौ महिनाको विद्युत महसुल असोज २२ गते सम्म भुक्तानी गरेमा थप शुल्क तिर्न नपर्ने नेपाल विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्रले जनाएको छ ।

साथै असोज २३ गते देखी असोज मसान्त सम्म विद्युत महसुल बुझाएमा थप शुल्कमा पाँच प्रतिशत मात्रै शुल्क लाग्ने प्रशासनिक प्रमुख युवराज विष्टले बताएका छन् । असोज मसान्त सम्म विद्युत महसुल नबुझाएमा विद्युत महसुल संकलन विनियमावली २०७७ मा तोकिए अनुसार महसुल भुक्तानी गर्नुपर्ने प्राधिकरणले बताएको छ । प्राधिकरणका अनुसार सरकारले कोरोना माहामारीकै कारण भदौमा छुट दिने व्यवस्था अनुसार विद्युत महसुलमा केहि समय छुट गरिएको छ ।यस अघि उपभोक्ताले भुक्तानी गरीसकेको विद्युत महशुलमा थप शुल्क असुल भएको भएपनि आगामी दिनको महसुलमा समायोजन गरिने छ । त्यसकारण तोकिएको समयमा महसुल बुझाउन आग्रह गरिएको छ ।

प्रकाशित मिति : २०७७ असोज २१ गते बुधवार
प्रतिक्रिया