
दाङ, १८ असोज । लागु औषध (आफिम) सहित पाँच जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गाडी चालक समेत रहेको पाँच नम्वर प्रदेश प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । रोल्पा सुनिल स्मृती गाउँपालिका २ खुङग्रीबाट ईलाका प्रहरी कार्यालय खुङग्रीले शनिवार साँझ पक्राउ गरेको हो ।
सुलिचौरबाट दाङतर्फ आउदै गरेको बा १५ च ३७७६ नम्बरको स्कारपियो गाडि चेकचाच गर्ने क्रममा उनीहरुलाई ८ किलो अफिम सहित नियन्त्रणमा लिएको प्रदेश प्रहरी प्रवक्ता एवं प्रहरी बरिष्ठ उपरिक्षक राजकुमार बैदवारले जानकारी दिएका छन् ।
पक्राउ पर्नेमा गाडी चालक रोल्पा सुनछहारी गाउँपालिका १ सेराम घर भई हाल घोराही ४ राप्तीटोल बस्ने ३५ बर्षिय याम बहादुर घर्ती मगर, रुकुम भुमे गाउँपालिका ४ बस्ने ३७ बर्षिया ज्योती घर्ती, सोहि ठाउँका ३० बर्षिया निसा पुन, दाङको राजपुर गाउँपालिका ६ रवाना बस्ने ४५ बर्षिया दिलप्रभा बुढा र सुर्खेत गुरवाकोट नगपालिका ९ चिसापानी बस्ने ३३ बर्षिय मोतीलाल परियार रहेका छन् । घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।