दाङमा ट्रकसहित ६२ वटा अवैध खसी सशस्त्र प्रहरीको नियन्त्रणमा

दाङ (कोइलाबास)१६ असोज / राजश्व छलेर अवैध रूपमा ल्याउदै गरेको मिनि ट्रक सहित ६२ वटा खसी दाङको सशस्त्र प्रहरी बल नेपाल अर्जुनखोलाले नियन्त्रणमा लिएको छ ।

शुक्रबार राति करिब दशबजे भारतसंग जोडिएको दाङको कोइलाबास नाका हुदै नेपाल ल्याउदै गरेको अवस्था रा १ ख १३१५ नम्बरको ट्रक र ६२ वटा खसि नियन्त्रणमा लिएको हो ।

नेपाल भारत सिमा क्षेत्र बन्द भएको मौका छापि बैकल्पिक बाटोको प्रयोग गरि भारतबाट एउटा दुईवटा संकलन गरि नेपालको सिमा क्षेत्रमा संकलन गरि नेपाल ल्याउन लागेको अनुमान गरिएको सशस्त्र प्रहरी बल २९ नम्बर गण हेकुवा ज्वालामाई गण भालुवाङ्का एसपी टोपबहादुर खनालले जानकारी दिए ।

उनका अनुसार अवैध खसि नेपाल भित्रयाउने सम्बन्धित व्यक्ति भने फेला परेको छैन । ट्रक सहित ६२ वटा खसी नेपालगन्ज भन्सार कार्यालयमा अहिले बुझाउने तयारी भएको एसपी खनालले जानकारी दिए ।

प्रकाशित मिति : २०७७ असोज १६ गते शुक्रवार
प्रतिक्रिया