तुलसीपुरमा बुधवार थप तिन जनामा कोरोना पुष्टि

तुलसीपुर, १४ असोज । तुलसीपुरमा बुधवार थप तिन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीको फिवर क्लिनिकवाट कोरोना परिक्षण गराउदा तुलसीपुर ६ का ३७ बर्षिय पुरुष र वडा नम्वर ७ का ३४ बर्षिय एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको कोभिड १९ फोकल पर्सन बिमल केसीले जानकारी दिएका छन् ।

यस्तैगरी वडा नम्वर १२ का २८ बर्षिया एक पुरुषको काठमाडौमा कोरोना परिक्षण गर्दा रिपोट पोजेटिभ आएको उनले जानकारी दिएका छन् । यो संगै तुलसीपुरमा मात्रै कोरोना संक्रमित हुनेको संख्या २२८ पुगेको छ । पछिल्नो समयमा स्वास्थ्यकर्मी सहित मजदुर तथा कर्मचारीहरुमा कोरोना संक्रमण देखीन थालेको हुदा थप सजकता अपनाउन आग्रह गरिएको छ ।

प्रकाशित मिति : २०७७ असोज १४ गते बुधवार
प्रतिक्रिया