सरकारी निती मान्दैनन्,सवारी चालक

दाङ, ११ असोज ।

दाङको लमही बजार क्षेत्रका भित्री सडकको दायाँ र बायाँ तर्फ अव्यवस्थित पाकिङ् गरिएको छ । बजार क्षेत्रमा अव्यवस्थित पार्किङ्का कारण सडकमा पैदल यात्रुहरुलाई आवतजावतमा समस्या पर्न गएको छ । लमहीका भित्री बैंक रोड, मालपोत रोड, नापी रोड, पि.सि.ओ.रोड ,कान्छी रोड र बगैँचा रोडहरुमा दिनहुँ मालबहाक ट्रक, जिप, कार, मोटरसाइकल लगाएत यातायातका अन्य सवारी साधनहरु अव्यवस्थित रुपमा पाकिङ् गरिएको हुन्छ । जस्ले गर्दा सवारी दुर्घटनाको दिनप्रतिदिन जोखि बढ्दै गएको स्थानिय ससीराम नेपालीले बताए ।

बजार भित्रका साघुरो रोडमा बढ्दै गएको अव्यवस्थित पार्किङ्ले सवारी दुर्घटनाको जोखिम बढ्दै जान थालेको स्थानिय नेपालीले भने यत्रतत्र छरिएका यातायातका विभिन्न सवारी साधनहरु तत्काल व्यवस्थापन गर्न सम्बन्धीत निकायको ध्यान जान जरुरी रहेको छ । अव्यवस्थित पार्किङ्लाई व्यवस्थापन गर्न सम्बन्धीत निकायले तत्कालै सरोकारवालाहरुसंग छलफल गरि लमही बजारलाई व्यवस्थित गर्न आवश्यक रहेको स्थानिय शेरसिंह खड्काले बताए ।

यता बैंकको पछाडि पार्किङ्को व्यवस्था रहेको सेवाग्राहीलाई थाहा हुदा हुदै बैंक अगाडि पार्किङ् गरेको राष्ट्रिय बाणिज्य बैंकका निमित्त प्रबन्धक संगिता पौडेले जानकारी दिए । उनले भनिन् ‘राष्ट्रिय बाणिज्य बैंकको पछाडि आफ्नै पार्किङ्स्थल छ । तर पनि एकैछिनमा गएर आइहाल्छौँ भनेर जानी जानी बैंक अगाडि नै पार्किङ् गर्दिनुहुन्छ ।’ बैंक अगाडि जानकारीमुलक ९पर्किङको व्यवस्था० पछाडि गरिएको छ, लेखेको होर्डिङ् बोर्ड राख्ने तयारी भइरहेको निमित्त प्रबन्धब प्रमुख पौडेले जानकारी दिईन् ।

सामान्य जाने आउने बाटोमा यसरी यातायातका विभिन्न सवारी साधनहरु अव्यवस्थित रुपले पार्किङ् गरेपछि दुर्घटनाको जोखिम बढ्न थालेको अस्थाई ट्राफिक पोष्ट प्रहरी लमहीका प्रमुख सुदिप हमालले जानकारी दिए । उनले भने ‘पहिलो प्रथम चालकलाई कहाँ पार्किङ् गर्ने भन्नेनै थाहा छैन । बजार क्षेत्रमा पार्किङ् र नोपार्किङ्को बोर्ड भएको भए अव्यवस्थित पार्किङ् गर्ने जो कोहीलाई पनि कार्बाही गर्न सकिन्थ्यो । पार्किङ् र नोपार्किङ्को बोर्ड नभएकै कारण लमही बजार अव्यवस्थित हुन पुगेको हो ।’

सरकारी निती मान्दैनन् सवारी चालक

दाङको लमही नगरपालिकाले लमही बजार व्वयस्थित गर्नको लागी अजम्बरी सामुदायिक वन चिल्ड्रेन पार्क र सुनखोलीको शिव मन्दिरम रहेको छेवैमा रहेको खाली जग्गामा ठेला पार्क गरि व्यवासय संचालन गर्न निर्णय ग¥यो । त्यस्तै ई–रेक्सा संचालन तथा व्यवस्थापन गर्न लमहीको सनलाई चोकमा ई–रेक्सा पर्किङ् गर्ने, अन्य स्थानका लागी ई–रेक्सा संचालन समितिसंग समन्वय गरेर स्थान निर्धारण ग¥यो । यती मात्रै नभएर मोटरसाईकल, स्कुटी,पार्किङ् गर्नको लागी कोइलाबास रोडमा रहेको पहेलो घेरा भन्दा बाहिर र कान्छी रोडको हिरा भवन अगाडि लमही नालमा पार्किङ र सार्वजनिक बगैँचामा पार्किङ् गाउने निर्णय गरेको हो । तर सरकारी नितीलाई कार्यान्वयन नगरी यत्रछत्र यातायातका विभिन्न सवारी साधनहरु अव्यवस्थित रुपमा पर्किङ्क गरिएको छ । जस्ले गर्दा दिनहुँ सवारी दुर्घटनाको जोखीम बढ्दै गएको लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसीले जानकारी दिए ।

प्रकाशित मिति : २०७७ असोज ११ गते आइतवार
प्रतिक्रिया