दाङका ट्राफिक प्रमुखलाई गरियो विदाई

तुलसीपुर, ८ असोज/ करिब १५ महिनाको बसाई पछि जिल्ला ट्राफिक कार्यालय दाङको प्रमुखको जिम्मेवारि सफलता पुर्बक पुरा गरेर जिल्ला प्रहरि कार्यालय कपिलबस्तु जान लागेका प्रहरी निरीक्षक  प्रेम प्रसाद रेग्मीलाई आज तुलसीपुर उधोग बाणिज्य सघं , दाङ जिल्ला उधोग बाणिज्य सघं, रिपोटर्स क्लब दाङ, नेशनल प्याप्सन दाङ लगायतका सघं सस्थाहरुले बिदाई गरेका छन ।

तुलसिपुर उद्योग वाणिज्य संघमा आज एक कार्यक्रमको आयोजना गरि रेग्मिको विदाई गरियको हो । सो अवसरमा वोल्ने वक्ताहरुले रेग्मीले जिल्लामा टफिक व्यवस्थापनमा उल्लेख्य भुमिका निर्वाह गरेको भन्दै प्रशंसा गरेका छन । सो अवसरमा वोल्दै प्रमुख रेग्मीले करिव १५ महिना आफु दाङमा वस्दा जिल्लामा अव्यवस्थित भएको ट्राफिक व्यवस्थापन लाई चुस्त र दुरुस्त वनाउन सवै क्षेत्रको साथ र सहयोग पाएको भन्दै सवैमा धन्यवाद व्यक्त  गरे ।

साथै रेग्मिले अझै आफुले गर्न खोजेका केही कामहरु पूरा गर्न नसकेको भन्दा पछि आउने प्रमुखलाई उक्त कुरा जानकारि गराउने प्रतिवद्दता व्यक्त गर्नुभयो । तुलसिपुर उद्योग वाणिज्य सघका उपाध्यक्ष मिनराज भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान अध्यक्ष विमल रिजाल , उपाध्यक्ष ललितजंग शाह , रिपोर्टस क्लव दाङका अध्यक्ष शरद रेग्मी , एन प्याव्सन दाङका अध्यक्ष विमल गौतम लगायतकाले शुभ कामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रमको सहजिकरण महासचिव रुपबहादुर खत्रिले गरेका थिए ।

प्रकाशित मिति : २०७७ असोज ८ गते बिहिवार
प्रतिक्रिया