२०८३ कार्तिक २० गते शुक्रवार

तुलसीपुरका दुई स्थानमा सवारी दुर्घटना हुँदा ३ घाइते

तुलसीपुर, ८ असोज / दाङको तुलसीपुर बजार र दोघरेमा भएको सवारी दुर्घटनामा ३ जना घाईते भएका छन् । वीपी चोकबाट बसपार्क जाँदै गरेको रा३प ९४९४ नम्बरको स्कुटीलाई विपरित दिशाबाट आउँदै गरेको लु ६२ प ८६१ नम्बरको मोटरसाईकलले ठक्कर दिदा स्कुटी चालक तुलसीपुर–७ श्रीगैं निबासी २६ बर्षका विष्णु रिजाल र पछाडी सवार २४ बर्षका निश्चल डाँगी घाईते भएका हुन् ।

घाईते दुबै जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । त्यसैगरी तुलसीपुर–९ दोघरेको सगरमाथा बोर्डिङ नजिकै भएको सवारी दुर्घटनामा एक जना घाईते भएका छन् ।

रा५प ८५३५ नम्बरको मोटरसाईकललाई विपरित दिशाबाट आउँदै गरेको रा१ज ४६१ लम्बरको जीपले ठक्कर दिदा शान्तिनगर गाउँपालिका–७ खैरेनी निबासी १९ बर्षका सन्तोष विक रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । घाईते विकको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भईरहेको प्रहरी निरीक्षक चक्र डम्बरपालले जानकारी दिए ।

प्रकाशित मिति : २०७७ असोज ८ गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।