२०८३ कार्तिक १० गते सोमवार

स्कारपियोले ठक्कर दिदा तुलसीपुरमा मोटरसाईकल चालक घाईते

तुलसीपुर, ६ असोज / तुलसीपुरको पर्सेनीमा स्कारपियोले मोटरसाईकललाई ठक्कर दिदा चालक घाईते भएका छन् ।

घाईते हुनेमा मोटरसाईकल चालक तुलसीपुर–१९ कुटीचौर निबासी मानबहादुर वली रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । घाईतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।

तुलसीपुरबाट घोराही जाँदै गरेको बा११च ५९२३ नम्बरको स्कारपियोले विपरित दिशाबाट आउँदै गरेको रा३प ६३७८ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा उक्त घटना भएको हो । स्कारपियो सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २०७७ असोज ६ गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।