२०८३ कार्तिक १० गते सोमवार

विषालु सर्पले डस्दा एक बालकको मृत्यु, दुई जना गम्भिर विरामी

दाङ, ३ असोज । चितवनमा सर्पले डस्दा दुई वर्षीय एक बालकको मृत्यु भएको छ । भरतपुर महानगरपालिका १९ शारदानगरमा घरमा सुतिरहेका बेला तीन जनालाई गएराति विषालु सर्पले डसेको थियो ।सर्पले डस्दा गम्भिर विरामी परेका बालकको चितवन मेडिकल कलेजमा उपचारको क्रममा विहान करिब ६ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै बालककी आमा २६ वर्षकी रुवी सुनारको अवस्था गम्भीर छ । उनको भरतपुर अस्पतालमा उपचार भईरहेको छ भने ५६ वर्षकी केशरी वि.क.को अवस्था पनि गम्भिर छ । उनको चितवन मेडिकल कलेजको आइसियू कक्षमा राखेर उपचार भैरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७७ असोज ३ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।