तुलसीपुर, १ असोज / दाङको तुलसीपुरमा मोटरसाईकल पल्टिदा एक युवक गम्भिर घाईते भएका छन् । घाईते हुनेमा सल्यानको सिद्धकुमाख गाउँपालिका–१चाखलीघाट निबासी १९ बर्षका रबिन भण्डारी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
घाईते भण्डारीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि कोहलपुर रिफर गरिएको प्रहरी निरीक्षक चक्र डम्बरपालले जानकारी दिएका छन् ।
स्याउलीबजारबाट बजार तर्फ आउँदै गरेको रा१ख ५४३३ नम्बरको मोटरसाईकल ट्राफिक प्रहरी कार्यालय नजिकै अनियन्त्रीत भई पल्टिदा उक्त दुर्घटना भएको हो । घाईते युवक तुलसीपुरको स्याउलीबजारमा डेरा गरि बस्दै आएका थिए । घटना करिब आठ बजे राति भएको थियो ।
प्रकाशित मिति : २०७७ असोज १ गते बिहिवार























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।