स्वास्थ्य मापदण्ड पालना गर्न मजदुर संगठनको अपिल

दाङ, ३१ भदौ । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन पाँच नम्वर प्रदेश कमिटिले स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्न यातायात मजदुरहरुलाई आग्रह गरेको छ । प्रदेश कमिटिका अध्यक्ष कृष्ण कडेलले बुधवार एक प्रेस विज्ञप्ती जारी गदै गाडी चलाउने चालक तथा परिचालकले अनिवार्य स्वास्थ्य मापदण्ड पालना गर्न अपिल गरेका छन् ।

सरकारले स्वास्थ्य मापदण्ड पालना गदै आगामी असोज १ गते देखी देशभर लामो दुरीका सम्पुर्ण सार्वजनिक यातायातका सवारी सन्चालन गर्ने निर्णय गरेको प्रति स्वागत गदै सम्पूर्ण यातायात व्यवसायी तथा मजदुर साथीहरुलाई आ–आफनो सवारी साधन सञ्चालन गर्दा तोकिएको स्वास्थ्य मापदण्डलाई अनिवार्यरुपमा पालना गर्नु गराउनु हुन विनम्र अनुरोध गर्दछौ जारी विज्ञप्तीमा भनिएको छ ।

कोरोना भाइरसको संक्रमणका कारण गएको चैत्र ११ गते देखि भएको बन्दाबन्दीका कारण सार्वजनिक यातायातका साधनहरु छोटो तथा लामो दुरीमा निर्वाधरुपमा सञ्चालन हुन सकेका थिएनन् । सवारी साधन सञ्चालनका लागि यातायात व्यसायी महासंघ र मजदुर संघ संगठनहरुको निरन्तर प्रयास र दवावका कारण सरकारको २९ गते बसेको मन्त्रिपरिषद्को बैठकले असोज १ गते देखि लामो तथा छोटो दुरिका सवारी साधन सञ्चालन गर्न दिने निर्णय गरेको थियो ।

प्रकाशित मिति : २०७७ भाद्र ३१ गते बुधवार
प्रतिक्रिया