तुलसीपुर,३१ भदौ । तुलसीपुर उपमहानगरपालिका कार्यालयका निमित्त प्रमुख प्रशासकीय अधिकृत भाष्करराज गौतमलाई स्वागत गरिएको छ । उपमहानगरपालिकाकै शिक्षा महाशाखाका प्रमुख समेत रहेका गौतमलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यहि भदौ २९ गते आर्थिक तथा प्रशासनिक कार्यको अधिकार प्रदान गर्ने गरी निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको थियो ।
गौतमको स्वागत गर्दै कार्यवाहक नगरप्रमुख माया शर्माले तुलसीपुरलाई समृद्ध वनाउने यात्रामा सारथी वन्न सुझाव दिइन् । ‘जनताको काम न्यायपूर्ण ढँगले गर्नुहोला’ उनले भनिन् । सो अवसरमा तुलसीपुर वडा नम्वर ६ का वडाध्यक्ष नवराज लामिछाने, शिक्षा समितिका संयोजक देवराज विश्वकर्मा लगायतले शुभकामना दिएका थिए । कार्यक्रममा गौतमले सबैको भावना वुझेर काम गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । ‘नैतिक मर्यादा र सीमा नभुलेर काम गर्नेछु’ उनले भने ।






टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।