२०८३ असोज २३ गते शुक्रवार

तुलसीपुरमा अझै ४४ जना संक्रिय संक्रमित

तुलसीपुर, ३० भदौ । तुलसीपुर उपमहानगरपालिकामा अझै ४४ जना सक्रिय संक्रमित रहेका छन् । हाल सम्म तुलसीपुर क्षेत्रमा १४१ जनामा कोरोना संक्रमण पुष्टि भएको मध्ये ९७ जना निको भईसकेको तुलसीपुर उपमहानगरपालिका कोभिड १९ फोकल पर्सन बिमल केसीले जानकारी दिएका छन् । सक्रिय संक्रमित मध्ये २२ जना पुरुष र २२ जना महिला रहेका छन् ।

जसमा ३५ जना कोरोना विशेष अस्पताल बेलझुण्डीमा भर्ना भएका छन् भने ४ होम आईसोलेसनमा, ३ जना होटेल आईसोलेसन र २ जना भेरी आईसोलेसनमा रहेको केसीले जानकारी दिएका छन् । तुलसीपुरमा कोरोना परिक्षणका लागी स्वाव संकलन गरिएको मध्ये अझै ३७ जनाको परिक्षण गर्न बाँकी रहेको छ । अहिले तुलसीपुर स्थित बालापुर क्वारेन्टाईनमा ३८ जना बसेका छन् ।

प्रकाशित मिति : २०७७ भाद्र ३० गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।