अमृतपुर खानेपानीको पाइपलाईन पहिरोले बगायो

तुलसीपुर, २९ भदौ । अमृतपुर खानेपानीको मुख्य पाइपलाईन पहिरोले बगाउँदा करिब २२ सय घरधुरी खानेपानीबाट बञ्चित भएका छन् ।

गएराति परेको अबिरल बर्षातका कारण तुलसीपुर उपमहानगरपालिका –३ चोरखोला भन्ने स्थानमा माथिबाट आएको पहिरोले खानेपानीका पाँचवटा मुख्य पाइपलाईन बगाएको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई सस्ंथा तुलसीपुरका कोषाध्यक्ष जीतबहादुर खड्काले जानकारी दिनुभयो ।

पहिरोले ३ देखि ६ ईन्चीको समेत गरेर करिब साढे ३ सय मिटर पाइप बगाउँदा करिब ४ लाखको क्षेति भएको छ । पहाडी क्षेत्र र ठाडै भिर भएकाले मर्मत गरेर पानी पुनः संचालनमा ल्याउन करिब ३ दिन लाग्ने संस्थाका सचिव दशरथ वलीले जानकारी दिनुभयो ।

यसैविच संस्थाले धारामा पानी आउन समय लाग्ने भएकाले पानी संचालनमा नआएसम्मका लागि उपभोक्तालाई आ–आफनो व्यवस्था गर्न अनुरोध गरेको छ ।

प्रकाशित मिति : २०७७ भाद्र २९ गते सोमवार
प्रतिक्रिया