तुलसीपुर, २९ भदौ । चौवा खोलामा बगिरहेका एक जनालाई स्थानीयले उद्धार गरेका छन् ।
तुलसीपुर उपमहानगरपालिका–१८ हेमन्तपुर निबासी ५६ बर्षका रेशम नेपालीलाई बिहान सवा आठ बजे चौवाखोलाले बगाएको थियो । करिब पाँच सय मिटरसम्म बगेका उनलाई बेहोस अवस्थामा उद्धार गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक चक्र डम्बरपालले जानकारी दिए ।
टाउको, मुख तथा शरिरका विभिन्न भागमा बज्जारिएर चोट लागेर बेहोस भएका नेपालीको अहिले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।
प्रकाशित मिति : २०७७ भाद्र २९ गते सोमवार























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।