दाङमा भोली बिहानदेखि साँझसम्म बजार खुल्न पाउने निर्णय

तुलसीपुर, २८ भदौ ।  दाङमा भोलीबाट बजार र सार्वजनिक सवारी साधन संचालनमा आउने भएका छन् ।

बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म बजार, उद्योगधन्दा कलकारखाना खुल्ने र सार्वजनिक यातायातका सवारी साधनहरु पनि जोरबिजोरका आधारमा संचालनमा आउने जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख गणेस चन्दले जानकारी दिए ।

‘काठमान्डौमा खुलीसक्यो यहाँ मात्रै रोकेर पनि भएन,’ प्रहरी प्रमुख चन्दले भने –‘ सामाजिक दुरी र सजगता अपनाउदै लकडाउन खुकुलो बनाउने निर्णय भयो ।’

दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालको अध्यक्षतामा घोराहीमा बसेको सुरक्षा समितिको बैठकले लकडाउनलाई खुकुलो बनाउदै लैजाने निर्णय गरेको हो । बैठकमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र अनुसन्धान प्रहरीका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०७७ भाद्र २८ गते आइतवार
प्रतिक्रिया