गाडी चलाउन पाउनुपर्ने माग राख्दै ज्ञापन पत्र बुझाईयो

तुलसीपुर, २६ भदौ । यातायात व्यवसायी र यातायात मजदुरहरुले सार्वजनिक यातायातका सवारी साधन चलाउन पाउनु पर्ने माग राख्दै जिल्ला प्रशासन कार्यालय दाङमा शुक्रवार ज्ञापन पत्र बुझाएका छन् । उनीहरुले सयुक्त रुपमा साझा एजेण्डाहरु तयार गरी प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री र यातायात मन्त्रालयलाई ज्ञापन पत्र बुझाएको नेपाल यातायात स्वतन्त्र मजदुर संगठन तुलसीपुर कमिटिका अध्यक्ष केशव भण्डारीले जानकारी दिएका छन् । आफुहरुले सात बुद्धे ज्ञापन पत्र प्रमुख जिल्ला अिधकारी गोविन्द प्रसाद रिजाललाई सयुक्त रुपमा बुझाएको उनले बताएक छन् ।

आगामी असोज १ गते विश्वकर्मा बाबाको पुजाको दिनबाट लामो तथा छोटो दुरीका सार्वजनिक यातायातका गाडी चलाउने बाताबरण बनाई दिन आग्रह गदै ज्ञापन पत्र बुझाईएको अध्यक्ष भण्डारीले बताएका छन् । गएको चैत ११ गतेदेखी बन्दाबन्दी हुदा सार्वजनिक यातायात क्षेत्र पनि ठप्प भएका छन् । जसले गर्दा यातायात व्यवसायी र यातायात मजदुरहरु चरम समस्यामा पर्दा सरकारले कुनै सहयोग नगर्दा आफुहरु गाडी चलाउने निष्कर्षमा पुगेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ पाँच नम्वर प्रदेस सदस्य ज्ञान बहादुर बस्नेतले बताएका छन् ।

सरकारले कित गाडी चलाउन दिनुप¥यो कित सहयोग गर्नुप¥यो भन्ने हाम्रो माग हो उनले भने यदि हाम्रो कुनै माग पुरा नभए असोज १ गतेदेखी जवरजस्ती गाडी चलाउने तयारी भईरहेको छ । यातायात व्यवसायीहरुले १६८ दिन थन्क्याएर बस्दा पनि राज्यले व्यवसायी र मजदुरहको कुनै समस्या सम्वोधन नगरेको हुदा अबको दिनमा यसरी पिडा सहेर बस्न नसकीने भन्दै आफुहरु गाडी चलाउन बाध्य भएको उनले बताएका छन् । सरकारले लामो दुरीमा सार्वजनिक सवारी साधनमा रोक लगाएको हुदा आफुहरुले अब लामो तथा छोटो दुरीमा गाडी चलाउन तयार भएको उनले बताएका छन् ।

प्रकाशित मिति : २०७७ भाद्र २६ गते शुक्रवार
प्रतिक्रिया