विश्वकर्मा बाबाको पुजाको साईतमै गाडी चलाउने तयारी

तुलसीपुर २५भदौ । यातायात व्यवसायीहरुले १६८ दिन थन्क्याएर राखेको गाडी विश्वकर्मा बाबाको पुजाको शुभ साईत पारेर गाडी चलाउने तयारी गरेका छन् ।आगामी असोज १ गतेका दिन मनाईने विश्वकर्मा बाबाको पुजाको अवसर पारेर सार्वजनिक सवारीका साधन निकालेर देशव्यापी रुपमा सडकमा गुडाउने तयारीमा यातायात व्यवसायीहरु जुटेका छन् ।कोरोना माहामारीले गर्दा लामो समय सम्म बन्दाबन्दी हुदा सरकारले समेत व्यवास्ता गरेको भन्दै दाङका यातायात व्यवसायी र यातायात मजदुरहरु एकजुट हुदै सार्वजनिक सवारी साधन चलाउने आन्तरिक छलफलमा जुटेका छन् ।

गएको चैत ११ गते देखी बन्दाबन्दी कारण लामो तथा छोटो दुरीका सार्वजनिक सवारी साधन ठप्प हुदा यातायात व्यवसायी र यातायात मजदुर ठुलो संकटमा परेको बेला राज्यले कुनै सहयोग नगरेको उनीहरुको गुनासो छ । नेपालको मेरुदण्ड यातायात क्षेत्र ठप्प हुदा लाखौ यातायात मजदुरहरु समस्यामा परेको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रिय सदस्य खगेन्द्र वलीले बताएका छन् ।यस्तो कठिन अवस्थामा राज्यले यातायात व्यवसायीहरुलाई व्यवास्ता गरेको छ उनले भने कुनै पनि हिसाबले हाम्रो मागलाई राज्यले पुरा गर्नुपर्दछ ।कोरोना माहामारीका प्रभावित भएका अन्य क्षेत्रमा राज्यले लगानी गरेपनि यातायात क्षेत्रमा कुनै लगानी नगरेको उनले बताएका छन् । यातायात व्यवसायी महासंघ र यातायात मजदुरहरुको छाता संगठनले स्थानिय तह देखी संघिय सरकारलाई बारम्बार ध्यानाकर्षण गराउदा पनि राज्यको तर्फबाट कुनै आबश्यक पहल नभएको उनको भनाई छ ।

आफुहरुको माग प्रति राज्य गम्भिर नभएकाले अवको विकल्प सार्वजनिक गाडी चलाउनु नै भएको नेपाल यातायात राष्ट्रिय महासंघका सल्लाहकार सुरे हमालले बताएका छन् । बन्दाबन्दीले गर्दा आफुहरु आजित भईसकेको उनको भनाई छ । राज्यले सहयोग पनि नगर्ने अनि यातायात व्यवसायी सन्चालन गर्ने बाताबरण पनि नबनाउने अब यस्तो कुरा आफुहरुको लागी सह्य नहुने उनको जिकिर छ ।यातायात व्यवसायीलाई गाडीको किस्ता तिर्न मुस्किल परेको छ भने यातायात मजदुरलाई घरखर्च कसरी चलाउने भन्ने चिन्ता रहेको छ । कति दिन बन्दलाई पर्खेर बस्न सकिन्छ उनले भने कित राजयले हाम्रो माग सम्वोधन गर्नु प¥यो कित हामीलाई गाडी चलाउन दिनु प¥यो भन्ने हाम्रो माग हो उनले भने ।

आउदो शुक्रवार यातायात मजदुर र यातायात व्यवसायीहरुले सयुक्त रुपमा साझा एजेण्डाहरु सहित जिल्ला प्रशासन कार्यालय दाङ मार्फत प्रधानमन्त्री र यातायात मन्त्रालयलाई ज्ञापन पत्र बुझाउने तयारी गरिएको केन्द्रिय सदस्य वलीले बताएका छन् । यातायात मजदुरहरुलाई राज्यको तर्फबाट कुनै राहात नहुनु, यातायात मजदुरहरुले सहज तरिकाले गरी खाने वाताबरण नभएको, यातायात व्यवसायी र रोजगार व्यवसायीलाई बैंकले पटकपटक ताकेता गरेको र यसमा राज्यको कुनै पहल नभएको, रातो प्लेड नम्वर भएका सवारी साधनले सरकारी नियम मिचेर यात्रुहरुलाई महंगो भाडामा ओसारपसार गर्दा नियमन नभएको लगाएतका सात बुद्धे ज्ञापन पत्र बुझाउने तयारी गरीएको हो । साथै ज्ञापन पत्र बुझाईसकेपछि यातायात सन्चालनका लागी लकडाउन उल्लङघन गदै आन्दोलनमा उत्रने चेतावनी समेत दिईएको छ ।

प्रकाशित मिति : २०७७ भाद्र २५ गते बिहिवार
प्रतिक्रिया