अत्यावश्यक काममा बाहेक अटो चलाउन पाईदैन : प्रहरी प्रमुख चन्द

तुलसीपुर, २४ भदौ । दाङमा लकडाउन खुकुलो बनाए पनि सार्वजनिक यात्रुबाहक सवारी साधन सन्चालनमा रोक लगाईएको छ । तर पनि सार्वजनिक सवारीको सुचीमा पर्ने अटो र ईलेक्ट्रिक रिक्साहरु भने सन्चालनमा भएको पाईन्छ ।हरेक दिन विहान ५ बजेदेखी दिउँसो १२ बजे सम्म बजार खुला भएसंगै अटो रिक्साहरु पनि बजार देखी गाउँ सम्म गुडिरहेका छन् ।

यता जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख गणेश चन्दले अत्यावश्यक काममा बाहेक अटो रिक्सा चलाउन नपाईने बताएका छन् ।जिल्लामा सार्वजनिक सवारी साधन सन्चालनमा रोक लगाईएको हुदा अटो,रिक्सा पनि सोहि अन्र्तगत पर्ने प्रहरी प्रमुख चन्दले बताएका छन् ।उनका अनुसार अटो रिक्सालाई बिरामी बोक्न, दाहसंस्कारमा जाने मानिसलाई बोक्न छुट दिईएको छ । त्यस बाहेक अन्य प्रयोजनका लागी यात्रुहरु ओसारपसार गर्न नपाईने एसपी चन्दले बताए ।उनले जिल्लामा निजि सवारी साधनलाई जोरबिजोर प्रणालीमा चल्न दिईएको बताउदै अन्य सवारी साधन चलाउन नपाईने बताएका छन् ।

लकडाउनलाई प्रभावकारी बनाउन आफुहरुले कडाईका साथ चेकजाँच गरेपनि अटो रिक्साले प्रहरीलाई झुक्याउदै चलाउने गरेको उनको भनाई छ । उनका अनुसार हाल अत्यवाश्यक सवारी साधन मात्रै चलाउन दिईएको छ । यस्तैगरी अनावशयक हिडडुल गर्ने मानिसहरुलाई पनि होल्डमा राख्ने गरिएको छ । जिल्लामा कोरोना भाईरस समुदाय स्तरमै फैलिन थालेपछि गएको भदौ १४ गते राती देखी २१ गते राती १२ बजे सम्म पुर्ण रुपमा लकडाउन गरिएको थियो ।त्यसपछि जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्रको गएको आईतवार बसेको बैठकले लकडाउनलाई खुकुलो बनाउदै थप एक हप्ता लम्ब्याउने निर्णय गरेको हो । बैठकको निर्णय अनुसार भदौ २८ गते सम्म लकडाउन गर्ने र दैनिक ६ घण्टा व्यापार व्यवसाय सन्चालन गर्न दिने निर्णय गरेको हो ।

प्रकाशित मिति : २०७७ भाद्र २४ गते बुधवार
प्रतिक्रिया