लामो दूरीका सवारी साधन भदौ मसान्तदेखि चलाउने निर्णय

काठमान्डौ, १४ भदौ । लामो तथा छोटो दूरीका सवारी साधन भदौ मसान्तदेखि मात्र चलाउने निर्णय गरिएको छ ।

आज साँझ बसेको मन्त्रिपरिषद्को बैठकले लामो तथा छोटो दूरीका सवारी साधन भदौ मसान्तदेखि चलाउने निर्णय गरेको हो ।

यसअघि बसेको मन्त्रिपरिष्द्को बैठकले १५ भदौदेखि लामो तथा छोटो दूरीका सवारीसाधन चलाउने निर्णय गरेको थियो ।

प्रकाशित मिति : २०७७ भाद्र १४ गते आइतवार
प्रतिक्रिया