तुलसीपुरमा नाम मात्रैको समिति, अटो भाडा समायोजन अझै अन्यौल

तुलसीपुर, २ साउन ।

तुलसीपुर उपमहानगरपालिका क्षेत्रमा बषौदेखी अटो भाडा समायोजन हुन सकेको छैन । तुलसीपुर क्षेत्रमा अटो भाडा समायोजनका लागी आर्थिक विकास समितिलाई जिम्मेवारी दिए पनि उक्त समितिले भाडा निर्धारण कार्यविधि बनाउन सकेन । तुलसीपुर वडा नम्व १८ का वडा अध्यक्ष समेत रहेका माधव वलीको संयोजकत्वमा रहेको आर्थिक समितिले भाडा समायोजन गर्न नसकेको हो ।समितिलाई जिम्मेवारी दिईएको लामो समय भईसकेको छ ।
समितिका संयोजक माधव वलीले आफुहरुले भाडा समायोजनका लागी छुट्टै समिति गठन गर्न भनेकोे बताए । सुरुमा आफुहरुलाई अटो भाडा समायोजन गर्ने जिम्मा दिएपनि कार्यविधि तयार नहुदा काम अगाडी बढ्न नसकेको उनको भनाई छ । यस्तै वडा नम्वर ५ का वडा अध्यक्ष विरेन्द्र शाहको संयोजकत्वमा तुलसीपुर क्षेत्रमा अटो पार्किङ तथा व्यवस्थापन समिति गठन भएको छ । समितिबट पनि प्रभावकारी काम हुन सकेको छैन ।अव्यवस्थित पार्किङलाई व्यवस्थित बनाउन समिति गठन गरेता पनि सोचे अनुरुप व्यवस्थित हुन सकेको छैन । समितिले केहि काम गरेपनि त्यो पर्याप्त नहुदा बजारमा अहिले पनि अव्यवस्थित पार्किङ भईरहेको छ ।
उपमहानगरपालिकाले अटो भाडा समायोजन र अटो पार्किङ व्यवस्थित गर्न नसकेपछि अटो दर्ता प्रक्रिया समेत स्थगित भएको छ । गत वर्षमा उपमहानगरपालिका ५६ वटा अटो तथा ईलेक्ट्रोनिक रिक्सा दर्ता भएता पनि गत आर्थिक बर्ष ०७६\७७ मा दर्ता प्रक्रिया रोकीएको सुचना अधिकारी बाबुराम न्यौपानेले जानकारी दिएका छन् । पार्किङको व्यवस्थापन हुन नसकेकै कारण गत आर्थिक वर्षमा दर्ता प्रक्रिया रोकिएको हो । तुलसीपुर क्षेत्र भित्र लामो समय देखी अटो भाडा समायोजन नहुदा सर्वसाधरण नागरिकहरु ठगीने गरेका छन् भने अर्को तर्फ व्यवस्थित पार्किङ नहुदा अटो दर्ता प्रक्रिया नै राक्नु पर्ने बाध्यता छ ।

     अटो चालकले मनपरी भाडा लिन थालेपछि सर्व साधारण नागरिक ठगिने गरेको समाचारहरु पटकपटक सार्वजनिक भएका छन् । यता यातायात व्यवस्था कार्यालय राप्तीले तुलसीपुर बजार क्षेत्र बाहेक घोराही र लमही बजार क्षेत्रमा अटो भाडा निर्धारण भएको जनाएको छ । स्थानिय सरकार तुलसीपुर उपमहानगरपालिकाले आफनो क्षेत्रधिकार पर्ने भनेपछि अटोे भाडा समायोजन गर्ने जिम्मा आफुहरुको नभएको कार्यालयले बताएको छ । कार्यालयका अनुसार केहि समय पहिले तुलसीपुर उपमहानगरपालिका संग समन्वय गरी सरोकारवालाहरु विच भाडा समायोजन गर्ने पहल गरेपनि कार्यान्वयन हुन सकेन ।त्यतिबेला यातायात कार्यालयले तुलसीपुर क्षेत्र भित्र लागु हुने गरी एक किलो मिटर दुरीमा १० रुपैया, दुई किमि दुरीमा २० रुपैया, तिन किमि दुरीमा ३० रुपैया भाडादर निर्धारण गरेको थियो ।

प्रकाशित मिति : २०७७ साउन २ गते शुक्रवार
प्रतिक्रिया