२०८३ कार्तिक २० गते शुक्रवार

सरकारले दियो सार्वजनिक गाडी चलाउन अनुमति

काठमाडौ, २५ असार । सरकारले एक जिल्लाभित्र सार्वजनिक गाडी चलाउन पाइने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले एक जिल्लाभित्र मात्रै चलाउन पाउने गरी सार्वजनिक गाडी चल्न दिने निर्णय गरेको अर्थ एवं सञ्चार तथा सूचना मन्त्री युवराज खतिवडाले जानकारी दिए । बाहिरी जिल्लामा एक जिल्लाभित्रै मात्रै गाडी चल्न दिने र काठमाण्डौ उपत्यकाका तीन जिल्लालाई एक जिल्ला मानेर गाडी चलाउने पाइनेछ । दुरी कायम गरेर सिट क्षमताको आधा मात्रै यात्रु बोक्न पाउने भएकाले गाडीले ५० प्रतिशतसम्म बढी भाडा लिन पाउने छन् ।सबै यात्रुले मास्क प्रयोग गर्नैपर्ने र ढोकामा स्यानिटाइजर राख्ने र चालक तथा सहचालकले मास्क, भाइजर पञ्जा लगाउनै पर्ने सरकारले निर्णय गरेको हो । यस्तै दुई जना मात्रै बोकेर ट्याक्सी पनि चल्न पाउने भएका छन् ।

प्रकाशित मिति : २०७७ असार २५ गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।