सल्यानको त्रिवेणी गाँउपालीका प्रमुखमा एमाले अघि

मिना बुढाथोकि सल्यान, १ जेठ ।
सल्यानको त्रिवेणी गाउँपालिका प्रमुखमा नेकपा एमालेले अग्रता लिएको छ । आइतबार रातिदेखि नै मतगणना भइरहेकोमा प्रारम्भिक मतपरिणाममा एमालेले अग्रता लिएको हो । एमालेका प्रमुख उम्मेद्वार लोकेन्द्र सिं खड्गले ५८ तथा उपप्रमुख उम्मेद्वार पवित्रा केसीले ५२ र नेपाली कांग्रेसका प्रमुख उम्मेद्वार मानबहादुर डाँगीले ३६ तथा उपप्रमुख उम्मेद्वार करुणा खड्गले ४२ मत पाएका छन् ।

यस्तै माओवादी केन्द्रका प्रमुख उम्मेद्वार अजय रोकाले ३३ तथा उपप्रमुख उम्मेद्वार लिलावती बुढाले ३४ र राप्रपाका प्रमुख उम्मेद्वार मंगलु पुनले १२ मत पाएका छन् ।

यस्तै शारदा नगरपालिकामा पनि मतगणना सुरु भएको छ । जसमा ५० मत गणना गर्दा काग्रेसबाट मेयर पदका उम्मेद्धार शुरेश अधिकारी २०,एमालेका राम खडगी १०,माओवादीका प्रमोद श्रेष्ठ ८ र राप्रपाका मनोज प्रधानले ८ मत पाउनुभएकोछ ।

प्रकाशित मिति : २०७४ जेष्ठ १ गते सोमवार
प्रतिक्रिया