कांग्रेसको चुनावीसभा विथोल्न खोज्नेमाथि प्रहरीको लाठीचार्ज

तुलसीपुर,२७ बैशाख
नेपाली कांग्रेसको चुनावीसभा विथोल्ने वाइसीएलको प्रयास रुकुममा असफल भएको छ । वाइसीएलले जिल्लाको दुई ठाउँमा भइरहेको कांग्रेसको चुनावी आमसभामा आक्रमणको प्रयास गरेका थिए । सानोभेरी गाउँपालिका १ बलिबाङ र बाँफिकोट गाउँपालिकाको नेटाबजारमा नेपालीकांग्रेसको चुनावी सभालाई बिथोल्न माओवादी केन्द्रको भातृसंगठन वाइसीएलका कार्यकर्ताले आक्रमणको प्रयास गरेको जिल्लाका प्रहरी प्रमुख अंगुर जिसीले जानकारी दिए ।
‘चुनावीसभामा वाइसीएले ढुङ्गामुढा गर्न खोजेपछि लाठीचार्ज गरेर वाइसीएललाई धपायौं, प्रनाउ जिसीले भने अप्रिय घटना हुनपाएन ।’ चुनावीसभामा ढुङगामुढा गर्नथालेपछि सम्झाउन गएको प्रहरीको लाठिसमेत वाइसीएलले खोस्न थाले पछि लाठीचार्ज गर्नु परेको प्रहरीले बताएको छ ।

हिजो मंगलबार कांग्रेस कार्यकर्ताले माओवादी केन्द्रको चुनावीसभालाई विथोल्ने प्रयास गरेपछि वाइसीएलले त्यसको बदलामा आज बुधबार आक्रमणको प्रयास गरेको प्रहरीले बताएको छ । सानोभेरी गाउँपालिका १ पूर्तिमकाडाँमा माओवादी केन्द्रको चुनावीसभा भइरहेको समयमा सयौं संख्यामा रहेका कांग्रेस कार्यकर्ताले मार्चपास गरेपछि झडप सुरु भएको थियो । दुवैपक्षविच भएको झडप नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गर्नुका साथै दुइ राउण्ड हवाईफायर समेत गरेको थियो ।  केहिदिन यता कांग्रेस र माओवादी केन्द्रविच विभिन्न स्थानमा झडप हुन थालेपछि प्रहरीले उच्चसर्तकता अपनाएको जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ ।

प्रकाशित मिति : २०७४ बैशाख २७ गते बुधवार
प्रतिक्रिया