२०८३ साउन २८ गते बिहिवार

सरकारले भारतीय नागरिकका नाममा रहेको नेपाली नागरिकता रद्द गर्ने

काठमाडौ, १२ असार । सरकारले भारतीय नागरिकका नाममा जारी गरेको नेपाली नागरिकता रद्द गर्ने भएको छ । यहि असार ५ गते देखी ८ गते सम्म बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको सन्चार तथा सुचना प्रविधि मन्त्रालयले विहिवार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । बैठकले सप्तरीबाट एक जना, धनुषाबाट २ जना र रौतहटबाट नक्कली विवरण पेश गरी नेपाली नागरिकता लिने २ जना गरी ५ जना भारतीय नागरिकलाई कानुन बमोजिम कारबाही गर्ने निर्णय समेत गरेको छ ।

सप्तरी जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिने भारतीय नागरिक जीवनकुमार सिंह, धनुषाबाट नागरिकता लिने भारतीय नागरिक धर्मेन्द्र ठाकुर र अजयकुमार ठाकुर र रौतहटबाट नागरिकता लिने भारतीय नागरिक द्वय जमुना रावत भनि चिनिने यमुना सिंह र कृपाली राउत भनि चिनिने कृपाली सिंह रहेका छन् । उनीहरुको नेपाली नागरिकता रद्द समेत गर्ने निर्णय गरेको मन्त्रालयले जानकारी दिएको छ ।

 

प्रकाशित मिति : २०७६ असार १२ गते बिहिवार
प्रतिक्रिया