२०८३ साउन २५ गते सोमवार

नमूना यूवा संसदको परामर्श कार्यक्रम

दिप्तीशीखा चौधरी, दंगीशरण , १४ जेठ ।नमूना यूवा सांसद दंगीशरण गाउँपालिकाको आयोजनामा स्कुल क्लव गठन,सकारात्मक सोच तथा सामाजिक संजालको प्रयोग, दुब्र्यसनी र बाल बिबाह न्यूनिकरण सम्बन्धि एकदिने परामर्श कार्यक्रम मंगलवार सिद्ध पृथ्वी जनता उच्च मा.वी.श्रीगाउँमा सम्पन्न भएको छ । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले सकारात्मक सोचले नै जिवन बदल्न सकिने बताएका थिए । कुनै पनि कुरा नकारात्मक भन्दा पनि सकारात्मक तरीकाले लीएमा शुन्दर देखिने बताउँदै जिवन लामो सम्म बाच्ँनका लागि सकारात्मक सोच लिन जरुरी रहेको बताए । हरेक कामलाई सफल बनाउँनका लागि सकारात्मक सोच लीन आबशयक रहेको कुरामा जोड दिए ।
यस्तै वडा न. ६ का अध्यक्ष टंक वलीले वडालाई बालबिबाह मूक्त वडाका रुपमा परिचीत गराउँन बालबालीकाकै अहम् भूमिका रहेको भन्दै बाल क्लव मार्फत यस्ता कार्यक्रम गर्न सकिने बताए । बालबिबाहले बालबालीकामा मानशिक तथा शारीरीक अशर पर्ने भन्दै बेलैमा सजक हुन अध्यक्ष वलीले आग्रह गरे । कार्यक्रममा ईलाका प्रहरी कार्यालय बागरका प्रहरी रुद्र बहादुर बुढाथोकीले लागु पदार्थ दुब्र्यसन बाट सचेत हुन आग्रह गरे । दुब्र्यसनमा फसेर सुधार केन्द्रमा जानु भन्दा बेलैमा सोच्नुपर्ने भन्दै १५ देखि २० बर्षको उमेरमा आफुलाई राम्रो बाटोमा अगाडि बढाउँनुपर्ने बताए ।
बिद्यालयका प्रद्यानाध्यापक हर्क बहादुर बुढाथोकिले बिधयार्थीहरु कीताबी ज्ञान मात्र नभएर नेट ईन्टरनेट संग पनि नजीक रहन आजको गहन बिषय रहेको बताए । अवको यूवा देशलाई सहि दिशामा डो¥याउँनका लागि आधुनीक शिक्षालाई पनि ग्रहन गर्नुपर्ने भन्दै सामाजीक संजालसंग जोडिनु सकारात्मक पक्ष रहेको कुरामा जोड दिए ।
समृद्ध नेपालका लागि स्वस्थ, कर्मठ र उद्यमी यूवा भन्ने मूल नाराका साथ आयोजना गरिएको कार्यक्रममा सपना डांगीको अध्यक्ष्तामा १५ सदस्यीय पृथ्वी जनता उच्च मा.वी. बाल कलव गठन गरिएको छ । जसको उपाध्यक्षमा प्रविन के.सी, सचिवमा खगेन्द्र वली, कोषाध्यक्षमा रेखा डांगी रहेका छन् । त्यस्तै सदस्यहरुमा सोनु के.सी, पेशली वली, करण खड्का, सुदिप चौधरी, सिता बि.क लगाएतका रहेका छन् । नमूना यूवा सांसदका प्रधानमन्त्री चक्र मिलन वि.क को स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रमको शहजीकरण नमूना यूवा सांसदका प्रतीपक्ष दलका सांसद खुसीराम चौधरीले गरेका थिए ।

प्रकाशित मिति : २०७६ जेष्ठ १४ गते मङ्गलवार
प्रतिक्रिया