सात महिनाको छोरीको हत्या गर्ने आमा सल्यानमा पक्राउ

सल्यान । सल्यान र कास्कीमा हत्या अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । सल्यान, छत्रेश्वरी गाउँपालिका–६ रानागाउ बस्ने २८ वर्षीया सपना भण्डारीलाई आफ्नै ७ महिनाको छोरीको हत्या गरेको अभियोगमा मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । उनले आफ्नै छोरी जानकी भण्डारीको कुटपिट गरी हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट लान्तीबाट खटिएको प्रहरीले सपनालाई पक्राउ गरेको हो ।

कास्की, माछापुच्छ्रे गाउँपालिका–७ ओखरबोट धम्पुसमा बस्ने ६५ वर्षीय सन्ते बिकलाई हत्या गरेको अभियोगमा मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । उनले सोही स्थान बस्ने ५२ वर्षीय गोरे बिक भन्ने मानकाजी बिकलाई ढुङगा प्रहार गरी हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बगर र अस्थायी प्रहरी पोष्ट भेडावारीबाट संयुक्त रुपमा खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २०७६ जेष्ठ १४ गते मङ्गलवार
प्रतिक्रिया