२०८३ साउन २५ गते सोमवार

रुकुम पुर्वमा छोराले गरे आफनै वुबाको हत्या

तुलसीपुर, ९ जेठ । रुकुम पूर्वको भुमे गाउँपालिका –७ गुनामका एक युवाले आफ्नै बुवाको हत्या गरेका छन् । २० वर्षीय विरत विकले आफ्नै बुवा ४१ वर्षीय रमन विकलाई खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले बताएको छ ।
जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी निरीक्षक वीरबहादुर सुनारका अनुसार बिहीबार बिहान ५ बजे रमनको खुकुरी प्रहार गरी हत्या गरिएको हो । हत्या गरेको आरोपमा छोरा विरतलाई प्रहरीले पक्राउ गरेको प्रहरी निरीक्षक सुनारले बताउनुभयो ।प्रारम्भिक जानकारी अनुसार घरायसी कारणले हत्या भएको बताइएको छ । मृतकको शवलाई पोष्टमार्टमका लागी अस्पतालमा राखीएको छ । घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७६ जेष्ठ ९ गते बिहिवार
प्रतिक्रिया