लागु औषध सहित एक जना पक्राउ

तुलसीपुर, ७ जेठ । दाङमा लागु औषध सहित एक जना पक्राउ परेका छन् । वडा प्रहरी कार्यालय लमहीले दिएको जानकारी अनुसार गएराती अर्जुनखोलामा चेकजाँच गर्ने क्रममा लमही नगरपालिका ५ वस्ने बर्ष ३० को चुर्ण बहादुर सिंह ठकुरीलाई पक्राउ गरिएको हो ।विशेष सुचनाको आधारमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा ठकुरीको साथबाट लागुऔषध खैरो हेरोइन ७ ग्राम ४ सय मिलिग्राम बरामद गरीएको प्रहरीले बताएको छ । पक्राउ परेका ठकुरी माथी थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७६ जेष्ठ ७ गते मङ्गलवार
प्रतिक्रिया