आगलागी पिडितलाई राहात वितरण

तुलसीपुर, २४ बैशाख । नेपाल रेड्क्रस सोसाईटी पवननगर उपशाखाले आगलागी पिडित चार घर परिवार लाइ मंगलवार एक कार्यक्रमका बिच राहत बितरण गरेको छ । शान्तिनगर गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगीको अध्यक्षतामा कार्यक्रम भएको हो । आगलागी पिडित बुद्धी राम रेउले,कुल बहादुर रेउले, गौरीलाल रेउले र तिल कुमारी रेउलेलाइ २५ के जि चामल र त्रिपाल र खाना पकाउने भाडा र बाल्टी र लत्ताकपडा वितरण गरिएको हो ।

सो अवसरमा उपशाखाका उपसभापति राममणि नेपाली ,गाउ पालिका वडा नम्बर चारका वडा अध्यक्ष धन बहादुर के सि, रेडक्रस उपशाखाकी कोषाध्यक्ष डिला शर्मा र सचिब दोर्ण ओलिको सहभागिता रहेको थियो । पालिकाका अध्यक्ष डाँगीले गाउँपालिकाले प्रती परिवार दस हजार रुपैयाँ दिने घोषणा गरिसकेको बताउदै घर बनाउनका लागी जस्तापाता समेत उपलब्ध गराउने बताउनु भयो ।
शान्ती सामुदायिक बन उपभोक्ता समिती शान्तीनगर चारले १५० क्युफिट दार उपलब्ध गराउने भएको छ । साथै पिडित परिवार लाइ गैरिखेत खानीपानी उपभोक्ता समिती शान्तिनगरले प्रती परिवार दस हजार रुपैया उपलब्ध गराउने पनि सो संस्था ले जनायको गाउँपालिकाका प्रेस संयोजक निरास पाण्डेले जानकारी दिएका छन् । आगलागी घटना सोमवार दिउँसो भएको थियो ।
पनेसुवा सामुदायिक बनमा आगलागी
यस्तै शान्तीनगर गाउँपालिका वडा नम्वर ५ पनेसुवा सामुदायिक बनमा आगलागी भएको छ । मंगलवार वेलुकी ५ वजेतिर लागेको आगो यो समाचार तयार पार्दा सम्म अझै नियन्त्रणमा आउन नसकेको स्थानिय हरि अधिकारीले जानकारी दिएका छन् । बनमा लागेको आगो समयमै नियन्त्रण आउन नसके रगैचा बस्तीमा पस्न सक्ने खत्ररा रहेको उनको भनाई छ ।

प्रकाशित मिति : २०७६ बैशाख २४ गते मङ्गलवार
प्रतिक्रिया