२०८३ असार ३० गते मङ्गलवार

भारतमा काम गर्न गएका तिन नेपालीको लडेर मुत्यु भएको पुष्टि

तुलसीपुर, २३ बैशाख । भारतमा काम गर्न गएका तिन नेपालीको लडेर मुत्यु भएको जानकारी दिईएको छ । दाङ शान्तीनगर गाउँपालिका वडा नम्वर २ अमुवाका तिन जना मध्ये दुई जनाको लडेर र एक जनाको चिसोको कारण मुत्यु भएको अनुसन्धानबाट खुलेको बताईएको छ । केहि महिना अघि कामको शिलशिलामा भारतको हिमाचल प्रदेश कुल्लुमनाली गएका सोहि ठाउँका २३ वर्षिय नोखीराम भण्डारी र २१ वर्षिय प्रकास ओली गत चैत्र १० गते मृत अवस्थामा फेला परेकी थिए ।

उनीहरु दुवै जनाको भिरबाट लडेर मुत्यु भएको अनुसन्धानबाट खुल्न आएको ईलाका प्रहरी कार्यालय तुलसीपवुरका प्रहरी नायव निरीक्षक सुनिल शाहले जानकारी दिएका छन् । यस्तै सोहि ठाउँ निवासी २४ वर्षिय पुर्ण बहादुर ओली गत चैत्र ६ गते वेपत्ता भएका थिए । उनको खोजी गर्ने क्रममा चैत्र २५ गते उनी पनि कुल्लु मनालीको पतलिकुहलको जंगलमा मृत अवस्थामा फेला परेका थिए । तर मृतकका आफन्तीहरुले घटना रहस्यमय भएको भन्दै छानविन गर्न माग गरेपछि केहि समय अघि प्रहरीm जनप्रतिनिधि र मृतकका आफन्तीहरुको एक टोली घटना स्थल पुगेर अनुसन्धान गरी फर्किएको छ ।

प्रकाशित मिति : २०७६ बैशाख २३ गते सोमवार
प्रतिक्रिया