२०८३ साउन २५ गते सोमवार

तुलसीपुरको दुई क्षेत्रमा कचहरी नाटक प्रर्दशन

तुलसीपुर, ८ बैशाख । बाल श्रम र बाल विवाह न्युनीकरण सम्बन्धी चेतनामलक कचहरी नाटक आईतवार तुलसीपुरको विभिन्न क्षेत्रमा प्रर्दशन गरिएको छ । नवजागरण महिला तथा बाल संरक्षण केन्द्रको आयोजना एवं तुलसीपुर उपमहानगरपालिका र सिविसको सहकार्य तथा युनिसेफको सहयोगमा नाटक प्रर्दशन गरिएको हो । व्यवहार परिवर्तनका लागी सन्चार कार्यक्रम अभियान अन्र्तगत उक्त नाटक प्रशर्दन गरिएको हो ।
तुलसीपुर ११ बेलगनार र तुलसीपुर १२ कचिला गरी छुट्टा छुट्टै स्थानमा आईतवार नाटक प्रदर्शन गरिएको संस्थाका कार्यालय संयोजक सन्तोष चनाराले जानकारी दिएका छन् । तुलसीपुर ११ बेलगनारमा वडा सदस्य घनश्याम गौतमको अध्यक्षतामा भएको थियो भने १२ मा वडा सदस्य रामशरण चौधरीको अध्यक्षतामा कचहरी नाटक प्रर्दशन गरिएको थियो ।नाटक मार्फत समाजमा भईरहेको बाल श्रम, बाल विवाह गर्नु हुदैन भन्ने सन्देश दिईएको छ ।गरिवीको कारण बाल श्रममा लगाईएको कुरालाई नाटकमा चित्रण गरिएको थियो । साथै सानै उमेरमा बालश्रम र बाल विवाह गरेमा भविस्यमा ठुलो क्षति हुन सक्ने कुरालाई नाटकमा प्रस्तुत गरिएको थियो ।

नाटकमा भुमा केसी,सुरेस भण्डारी ,सृजना भण्डारी, शोभा अधिकारी, समिक्षा पुन, मदन भुसाल, रेजिना मिया लगाएतले आ.आफनो भुमिका निर्वाह गरेका थिए भने नाटक प्रर्दशनको सहजीकरण सहजकर्ता प्रभात धिताल गरेका थिए । नाटकमा दगींशरण विद्या कुन्जका विद्यार्थी,अभिभावक, स्थानियहरुको सहभागिता रहेको थियो । यस अघि तुलसीपुर ४ हलवार, वडा नम्वर ७ घुसेरी र बनगाउँमा पनि कचहरी नाटक प्रस्तुत गरीएको संस्थाका कार्यक्रम संयोजक चनाराले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०७६ बैशाख ८ गते आइतवार
प्रतिक्रिया