२०८३ भाद्र २४ गते बुधवार

 ठगी गरेको आरोपमा दाङका जिसि पक्राउ

तुलसीपुर,६ बैशाख । वैदेशिक रोजगारमा ठगी गरेको आरोपमा दाङमा एक जना पक्राउ परेका छन । विदेश पठाइदिन्छु भन्दै लाखौं रूपैयाँ ठगेको उजुरी परेपछि नेपाल प्रहरीको मानव बेचबिखन तथा अनुसन्धान ब्युरोले दाङ घोराही १४ मिलनचोक निवासि टोपबहादुर जिसिलाई पक्राउ गरेको हो । जिसिलाई दाङ प्रहरीको सहयोगमा ब्युरोको टोलीले पक्राउ गरेको दाङ प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेले जानकारी दिएका छन् । यस विषयमा थप अनुसन्धान भैरहेको छ । पक्राउ परेका जिशि नेपाल पत्रकार महासंघ दाङ शाखाका साधारण सदस्य समेत हुन् ।
प्रकाशित मिति : २०७६ बैशाख ६ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।