ठगी गरेको आरोपमा दाङका जिसि पक्राउ

तुलसीपुर,६ बैशाख ।

वैदेशिक रोजगारमा ठगी गरेको आरोपमा दाङमा एक जना पक्राउ परेका छन । विदेश पठाइदिन्छु भन्दै लाखौं रूपैयाँ ठगेको उजुरी परेपछि नेपाल प्रहरीको मानव बेचबिखन तथा अनुसन्धान ब्युरोले दाङ घोराही १४ मिलनचोक निवासि टोपबहादुर जिसिलाई पक्राउ गरेको हो ।

जिसिलाई दाङ प्रहरीको सहयोगमा ब्युरोको टोलीले पक्राउ गरेको दाङ प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेले जानकारी दिएका छन् । यस विषयमा थप अनुसन्धान भैरहेको छ । पक्राउ परेका जिशि नेपाल पत्रकार महासंघ दाङ शाखाका साधारण सदस्य समेत हुन् ।

प्रकाशित मिति : २०७६ बैशाख ६ गते शुक्रवार
प्रतिक्रिया