आगलागीबाट एक बृद्धको मुत्यु

तुलसीपुर, ३ बैशाख । आगलागीबाट दाङमा एक बृद्धको मृत्यु भएको छ । राप्ती गाउँपालिका ७ छोड्के सिसहनिया निवासी ८० बर्षीय चिउरखन चौधरीको आगलागीबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । सोमवार साँझ ७ वजेतिर उनी सुतिरहेको खटिया नजिकै बालेको मछेड धुव कपडामा सल्किदा आगलागी भएको हो ।
आगलागी हुँदा उनको घट्ना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता विनोद विक्रम शाहले जानकारी दिएका छन् । उनका अनुसार घरमा भने कुनै पनि क्षति भएको छैन । घटनाको बारेमा अनुसन्धान भईरहेको छ ।

प्रकाशित मिति : २०७६ बैशाख ३ गते मङ्गलवार
प्रतिक्रिया