२०८३ असार २६ गते शुक्रवार

मिटर व्याजमा पैसा लगाउनेको छानविन हुन्छ : पाण्डे

तुलसीपुर, २८ चैत्र 

तुलसीपुर क्षेत्रका व्यवसायीले नयाँ बर्षलाई लगानी र उद्यमशीलको बर्ष बनाउनु पर्ने बताएका छन् । तुलसीपुर चेम्बर अफ कमर्सले तुलसीपुरमा आयोजना गरेको शुभकामना आदान प्रदान तथा क्यालेन्डर बिमोचन कार्यक्रमलाई सम्बोधन गर्दै व्यवसायीले उद्यमशीलताको विकास नगरी कुनै पनि सहर गतिशील हुन नसक्ने बताए ।

सोही कार्यक्रमलाई सम्बोधन गर्दै तुलसीपुर उपमहागनरपालिका नगर प्रमुख घनश्याम पाण्डेले लगानीको क्षेत्रलाई बढाउनुपर्ने बताए । आफुले पनि उद्योग धन्दामा लगानी नलगाउने र अरुलाई पनि लगाउन नदिने प्रवृति नै समृद्धिको बाधक भएको भन्दै उनले गैरकानुनी रुपमा लगानी लगाउने कार्य जोखिम र चुनौतिपूर्ण रहेको बताए । नगर प्रमुख पाण्डेले मिटर व्याजमा पैस लगाउनेको छानविन सुरु गरिएको भन्दै दोषी पाइए जोकोहीलाई पनि कारबाही गर्ने चुनौति दिए ।

‘ घरमा बसेर तमसुक लेख्ने र चर्को व्याज लिएर कागज गर्ने प्रचलन व्याप्त छ । यसरी कमाएको धनलाई कालो धन भनिन्छ ,’ नगर प्रमुख पाण्डेले भने– अव वडामा गएर कागज गर्नुपर्छ । नत्र घरमा राखिएको तमसुक र कागजमा कुनै फरक हुदैन ।

’ उद्यममा लगानी लगाउन छोडेर चर्को मिटर व्याज लगाउने मान्छे अब कानुभन्दा टाढा रहन नसक्ने भएकाले यस तर्फ सचेत हुन व्यवसायीलाई आग्रह समेत गरे । चेम्बर अफ कमर्सका अध्यक्ष टोपबहादुर घर्तीको अध्यक्षतामा भएको शुभकामना कार्यक्रममा नेकपाका नेता रामजी चौधरी, नेपाली कांगे्रसका नेता नारायण आचार्य, प्रजातान्त्रीक उद्योगबाणिज्य संघका अध्यक्ष जनक खराल, राप्ती बबई बहुमुखी क्याम्पस संचालक समितिका उपाध्यक्ष मीनराज वली, चेम्बर अफ कमर्सका सल्लाहाकार नेत्र वली, तुलसीपुर उपमहानगरपालिकाका नगर संयोजक वसन्त आचार्य, लगाएतले बोलेका थिए । कार्यक्रमको संचालन चेम्बरका सदस्य ऋषीराज भण्डारीले गरेका थिए । कार्यक्रममा चेम्बर अफ कमर्सले प्रकाशीत गरेको बार्षिक क्यालेण्डरको प्रमुख अथित पाण्डे बिमोचन गरेका थिए भने सहयोगी विभिनन दाताहरुलाई सम्मान समेत गरिएको थियो ।

प्रकाशित मिति : २०७५ चैत्र २९ गते शुक्रवार
प्रतिक्रिया