जानकी गाउँपालिकाले किन्यो ८८ लाख बढिको गाडी

कैलाली , २२ चैत । कैलाली जिल्लाको जानकी गाउँपालिकाले ८८ लाख ७८ हजार रूपैयाँ बराबरका गाडी खरीद गरेको छ । आथिर्क बर्ष सकिन लाग्दा गाउँपालिकाले यसरी गाडी खरीद गरेपछि अहिले चर्चा विषय बनेको छ । स्थानीय वासीले जनप्रतिनिधि विकास निर्माणमा अग्रसर भन्दा पनि सुविधाभोगी भएको आरोप लगाएका छन् ।

गाडी खरीद गर्नुभन्दा सामाजिक कार्यमा प्रयोग हुने एम्बुलेन्स, दमकलजस्ता उपकरण खरीद गर्दा सम्पूर्ण गाउँपालिकावासी नै लाभान्वित हुने कतिपयको भनाइ छ ।गाउँपालिका प्रमुख प्रदीपकुमार चौधरीले तेस्रो गाउँसभाबाट बजेट विनियोजन गरी गाडी खरीद गरिएको र हाल सञ्चालनमा रहेको पुरानो गाडी धेरै बिग्रिरहने र अनुगमन लगायतका कार्यमा आवश्यक भएकाले गाडी खरीद गर्नु परेको बताएका छन् ।

उनले यस भन्दा पहिला वडाध्यक्षलाई मोटरसाइकल खरीद गरिएको र हाल खरीद गरेका मोटरसाइकल वडा सचिवलाई वितरण गरिने बताए । हाल खरीद गरिएको स्कार्पियो गाडी ६९ लाख ९९ हजार रूपैयाँ र मोटरसाइकल प्रतिथान एक लाख ८७ हजार ९ सयका दरले १० थान गरी जमा १८ लाख ७९ हजार लागतमा खरीद गरिएको प्रमुख प्रशासकीय अधिकृत मातृकाप्रसाद भट्टराईले जानकारी दिए । उनका अनुसार नियम पुर्वक सवारीका साधन खरीद गरिएको बताएको हो ।

प्रकाशित मिति : २०७५ चैत्र २२ गते शुक्रवार
प्रतिक्रिया