२०८३ साउन १० गते आइतवार

लागु औषध सहित एक युवक पक्राउ

तुलसीपुर, २० चैत । ब्राउन सुगर जस्तो देखिने आगु औषध सहित दाङमा एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दाङले दिएको जानकारी अनुसार रुकुम पूर्व पुथा उत्तरगंगा गाउँपालिका– ८ घर भई हाल घोराही १५ जनजागृती टोल स्थित डेरा गरी बस्नेत २१ वर्षिय सनम मल्ल पक्राउ परेका छन् । उनलाई गत सोमवार साँझ पक्राउ गरीएको हो ।
लागु औषध कारोवार गरी राखेको भन्ने गोप्य सूचनाको आधारमा गएको प्रहरी टोलीले उनको कोठामा खानतलासी गर्दा लुकाई छिपाई राखेको व्राउन सुगर जस्तो देखिने ९ ग्राम ६३० मिलिग्राम र ८ ग्राम ३६ मिलिग्राम खैरो धुलो पदार्थ बरामद गरेको हो ।
पक्राउ परेका मल्ल विरुद्ध लागु औषध नियन्त्रण ऐन २०३३ को दफा २२ (ग) वमोजिम मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रबक्ता विनोद विक्रम शाहले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०७५ चैत्र २० गते बुधवार
प्रतिक्रिया