२०८३ असार ११ गते बिहिवार

जिल्लामा दुई सय भन्दा वढि अवैध हातहतियार

दाङ, ५ चैत । जिल्लामा दुई सय २५ जना सँग अवैध हातहतियार रहेको पाईएको छ । जिल्ला प्रशासन कार्यालय पर्वतका अनुसार जिल्लामा हातहतियार राखेका व्यक्तिले हातहतियारको वर्षेनी नविकरण गर्नुपर्ने नियम छ । तर, २८५ जनाले हतियार राख्ने अनुमती लिएकोमा जम्मा ६० जनाले मात्रै नविकरण गर्दै आएका छन् । जिल्ला प्रशासन कार्यालयका नायव सुब्बा प्रभात लामिछानेका अनुसार हतियार राख्ने अनुमती लिएकाहरुले नियमित नविकरण गर्नुपर्ने र हतियार राख्नुपर्ने कारण पेश गर्र्नुपर्नेमा त्यसो नगरेको बताउनुभयो । हतियार लिएका कतिपयको मृत्यु भएको र कतिपयका हतियार दश वर्षे युद्धका कारण चोरी भएको समेत पाईएको छ । तर, हतियार लिएकाको मृत्यु भएको वा हतियार लुटिएको बारे जाहेरी दिने न्यून रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । अवैध हतियारको बुझाउन सरकारले जिल्ला जिल्लामा परिपत्र गरेपछि जिल्ला प्रशासन कार्यालय पर्वतले प्रशासनलाई बुझाउन आग्रह गदै पनि अबैध हतियार खोजी गरेको छ ।

प्रकाशित मिति : २०७५ चैत्र ५ गते मङ्गलवार
प्रतिक्रिया