२०८३ साउन २५ गते सोमवार

काग्रेसका वडा अध्यक्षहरुले बैठक बहिष्कार गर्नुको कारण के के हुन ?

तुलसीपुर,२९ फागुण । तुलसीपुर उपमहानगरपालिकाको १९ वडा मध्ये ९ वटा वडामा नेकपाले नेृतत्व गरेको छ भने १० वडामा नेपाली काग्रेसले नेृतत्व गरेको छ । तर नेपाली काग्रेसबाट निर्वाचित वडा अध्यक्षहरुले मंगलवार तुलसीपुरमा पत्रकार सम्मेलनको आयोजना गरि उपमहानगर कार्यापालिका बैठक बहिष्कार गरेको जानकारी दिए । उनीहरुले बैठक बहिष्कार गर्नुको कारण बारे तुलसीपुर उपमहानगरपालिकाका प्रवक्ता सुर्यवहादुर डाँगीले वडामा सञ्चालित योजनामा उपमहानगरपालिकाले पारदर्शिता खोजेका कारण नेपाली काँग्रेसका अध्यक्षहरुले कार्यपालिका बैठक वहिष्कार गरेको वताएका छन् ।

“योजनामा पारदर्शिता कायम गरौ भन्ने हाम्रो अडानका कारण कार्यपालिका वहिष्कार भएको हो ” प्रवक्ता डाँगीले वताए । उनले जनताको पैसाको सही सदुपयोग होस् भनेर आफूहरुले योजनाहरुमा खवरदारी गरेका कारण अत्तालिएर काँग्रेसका वडाध्यक्षहरुले वहिष्कारको हत्कण्डा अपनाएको वताए । ‘एकछिन छलफल गर्छाै भनेर वाहिर जानुभएको अचानक मिडियामा वहिष्कार भन्ने खबर सुनियो ’ प्रवक्ता डाँगीले वताए ।
उनले वडाध्यक्षहरुलाई समितिको संयोजक वनाएर कार्यविधि निर्माणको जिम्मेवारी दिएको तर जिम्मेवारी वहन गर्न नसक्दा कर्मचारीको सहयोगमा कार्यविधि सभामा अध्ययनका लागि मात्रै प्रस्तुत गरेको समेत वताए । “वजार राम्रोसँग व्यवस्थापन गर्न नसक्ने अनि कार्यविधि वनाउन पनि हेलचक्रयाई गर्ने प्रवृत्तिले समग्र उपमहानगरको काम माथि प्रश्न उठेपछि वाध्य भएर कार्यविधि निर्माण गर्नुपरेको हो ” उनले आफुले गरेको गल्ति ढाकछोप गर्नका लागि सभा वहिष्कारको हत्कण्डा अपनाएको आरोप समेत लगाए ।‘सभा भित्रै वसेर वहस गर्न सकिने वाटो हुँदा हुँदै राजनीतिक प्रतिशोध साँधियो’ उनले भने ।

 

दिवंगत नेतालाई श्रद्धाञ्जली दिदा आपत्ति :
कार्यपालिकाको वैठक आरम्भ हुनासाथ नगरप्रमुख घनश्याम पाण्डेले प्रदेश सांसद उत्तरकुमार वली, तुलसीपुरमा विमान सञ्चालनमा महत्वपूर्ण भुमिका वहन गर्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी, वृद्धवृद्धालाई भत्ता दिने कामको सुरुवात गर्ने पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीप्रति श्रद्धान्जली प्रस्ताव पेश गरेका थिए । तर पाण्डेको प्रस्तावमा काँग्रेसका वडाध्यक्षहरुले कुनै पनि प्रतिक्रिया दिएका थिएनन् ।

“उहाँहरु राजनीतिक प्रतिशोधका साथमा आउनुभएको थियो ” नगरप्रमुख पाण्डेले भने ‘ठूला ठूला विवाद हामीले सहमतिबाट मिलाएका उदाहरण हुँदाहुँदै सामान्य कुरामा वहिष्कारमा उत्रनु कार्यपालिकाको गरिमा माथिको प्रश्न हो ’ उनले जनताको काम गर्न आएको जनप्रतिनिधिले साँघुरो सोच राखेर सभा वहिष्कार गर्दा समग्र उपमहानगरपालिकाकै विकासको गति अवरुद्ध हुने कुरामा जोड दिए ।

“हामीसँग वहुमत छ भन्ने कुरालाई हामीले कहिल्यै पनि अहम्ताको रुपमा नलिएर सधै सहमतिका आधारमा नै निर्णयहरु हुँदै आएका छन्” नगरप्रमुख पाण्डेले भने । उनले असारे विकास रोक्नका लागि उपमहानगरपालिकाका योजनाहरुलाई अन्तिम चरणमा लगेको भएपनि सभा अवरुद्ध हुँदा समस्या उत्पन्न हुन सक्ने कुरा वताए । उपमहानगरपालिकाका नगरप्रमुख र उपप्रमुख सहित नेकपाकै बहुमत रहेको छ ।

प्रकाशित मिति : २०७५ फाल्गुन २९ गते बुधवार
प्रतिक्रिया