आज पनि दिनभर विद्युत सेवा अवरुद्ध हुने

तुलसीपुर, २५ फागुण । तुलसीपुर,घोराही क्षेत्र सहित सल्यान, रुकुमा शनिवार दिनभर विद्युत सेवा अवरुद्ध हुने भएको छ । लमही देखि घोराही १३२ केभी प्रशारण लाईन आयोजना ,झिङनी दाङ अन्र्तगत लमही १३२ ÷३३ केभि सव स्टेशसन सम्मको १३२ केभी प्रसारण लाईनको लागि तार तान्नुपर्ने भन्दै विद्युत सेवा अवरुद्ध हुने भएको हो ।
नेपाल विद्युत प्राधिकरण घोराही वितरण केन्द्रले दिएको जानकारी अनुसार शनिवार विहान ८ बजेदेखि साझ ५ बजे सम्म विद्युत आपुर्ति बन्द हुने छ । जसका कारण लमही ,घोराही तुलसीपुर ३३ केभी प्रसारण लाईन, घोराही सिमेन्ट ३३ केभी प्रसारण लाईन र घोराही वितरण केन्द्र अन्र्तगत ११ केभी फिडर लाईन अवरुद्ध हुनेछ ।

यस्तै लमही घोराही तुलसीपुर अन्र्तगत सल्यान र रुकुमको प्रसारण लाईन समेत अवरुद्ध हुने जनाईएको छ । साथै विद्युत कार्यालय घोराहीले विद्युत सेवा अवरुद्ध हुदा उपभोक्तालाई पर्न जाने असुविधा प्रति क्षमा याचना गरेको छ । तार तान्ने काम तोकेको समय भन्दा अगाडी नै काम सम्पन्न भएमा विद्युत सुचारु हुने जनाईएको छ । यता पश्चिम च्याटिखोला सवस्टेशनबाट प्रशारण हुने पुरन्धारा हंसपुर, बाघमारे,रगैचा दोघरे,बेलुवा र तुलसीपुरको पातुखोला सम्म भने विद्युत सेवा सुचारु हुने छ ।

प्रकाशित मिति : २०७५ फाल्गुन २५ गते शनिवार
प्रतिक्रिया